बुधबार, ०४ भदौ २०८२

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता


काठमाडौँ। सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।

काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गरेका हुन्।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिएका छन्।

भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे।

प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरे। नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ