- असार ०६, २०८०
फाइल फाेटाे
कठमाडौं । सत्ताघटक एमालेले आफ्नो पार्टीसंग सल्लाह नगरी सामाजिक सञ्जाल बन्द गरेको भन्दै नेपाली कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
आइतबार बिहान देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको वैठकमा नेताहरुले सामाजिक सञ्जाल नियमन गर्न जरुरी भए पनि बन्द गर्दा सर्वसाधारणामा आक्रोस बढेको धारणा राखे ।
सामाजिक सञ्जाल बन्दका सन्दर्भमा कांग्रेसको मूल नेतृत्व मौन र पार्टीमा यस विषयमा औपचारिक छलफल भएको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल बन्द गरेकोमा आपत्ति जनाईरहँदा सभापति देउवाले भने ‘सरकारले अदालतको निर्णय कार्यान्वयन गरेको’ प्रतिक्रिया दिएका थिए ।
आजको बैठकमा कुरा उठेपछि पार्टीमा दुई वा तीन दिनपछि यस विषयमा छलफल हुने भएको छ । सामाजिक सञ्जाल बन्द भए पछि युवापुस्ता सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा छन् भने ‘कांग्रेस खोई ?’ भन्दै प्रश्न गरिरहेका छन् । लोकतान्त्रिक पार्टी दावी गर्ने कांग्रेसले सामाजिक सञ्जाल बन्द हुँदा मौनता साँधेको भन्दै प्रश्न गरेका हुन् ।
टिप्पणीहरू: