सोमबार, ०८ पुस २०८१

यसरी गर्न सकिन्छ मोबाइलबाट डिलेट भएको फोन रिकभर



यदि तपाईंले कहिलेकाहीँ गल्तीले आफ्नो फोनमा भएको नम्बर मेटाउनुभयो भने, के गर्ने ? तर, अब डराउन पर्दैन यसरी डिलेट भएको नम्बर रिकभरी विकल्प प्रविधीले दिएको छ ।  

कुनै समय यस्तो थियो मान्छेहरु डायरीमा आफुलाई आवश्यक परेको नम्बर नोट गर्थे । तर, अहिले प्रविधीले मान्छेलाई अल्छि बनाएको छ । नोट गर्ने झन्झट गर्दैनन् । त्यसो त स्मार्ट फोनले नोट गरिरहन नपर्ने व्यवस्था पनि गरिदिएको छ ।

स्मार्ट फोनमा नम्बर सेभ गर्न जति सजिलो छ, मेटाउन पनि त्यति नै सजिलो छ । यदि नम्बर मेटियो भने कसरी सुरक्षित गर्ने ? उपायहरु धेरै छन् ।

यसका लागि सबैभन्दा पहिले गुगल कन्ट्याक्ट एप खोल्नुपर्छ । त्यसपछि स्क्रिनको माथिल्लो दायाँ कुनाबाट तीन–डट मेनुमा ट्याप गर्नुपर्छ । यसपछि यस मेनुबाट रिसाइकल बिन चयन गर्नुपर्नेछ । त्यसपछि मेटिएका सबै नम्बरहरू देखिने छन् । त्यसपछि आफुलाई आवश्यक नम्बर चयन गर्नु पर्ने छ । उक्त कन्ट्याक्टमा ट्याप गर्ने बित्तिकै, स्क्रिनको तल रिस्टोर विकल्प देखिन्छ । रिस्टोरमा ट्याप गर्ने बित्तिकै, त्यो नम्बर पुनर्स्थापित हुनेछ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ

  • भदौ ०३, २०८१
नयाँ रकेट लन्च