- असार ०६, २०८०
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता नवीन धितालले निवर्तमान गभर्नर अधिकारी पदमा रहेकै बेला गठन भएको गभर्नर सिफारिस समितिमा बस्नु गैरकानूनी भएको भन्दै अदालतमा रिट दायर गरेका हुन् ।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।
भट्टराईको राजीनामापछि समितिमा तत्कालीन गभर्नर अधिकारीलाई ल्याइएको थियो ।
अधिकारी गएको चैत २२ गते आफ्नो ५ वर्ष कार्यकाल सकाएर राष्ट्र बैंकबाट बाहिरिएका थिए । त्यसयता गभर्नर पद रिक्त रहेको छ ।
राष्ट्र बैंकबाट भर्खरै बाहिरिएका अधिकारी सिफारिस समितिमा बस्नु कानूनविपरीत भएको निवेदकको दाबी छ । उक्त रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ ।
टिप्पणीहरू: