शुक्रबार, २५ वैशाख २०८३

विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले शुक्रवार सर्वोच्चमा रिट दर्ता गराउँदै सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन् ।

आन्दोलनबाट सुनिश्चित गरिएको अधिकार सरकारको निर्णयबाट खोस्न नमिल्ने दाबी रिट निवेदनमा गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ