बुधबार, १७ वैशाख २०८२

राष्ट्रपतिबाट आम माफी पाएका रेशम फेरि किन पक्राउ परे ?


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको खुलेको छ ।

चौधरीलाई यसअघि अदालतले  २० वर्षको जेल सजाय तोकिएको भए १५ जेठ,  २०८० सालमा  राष्ट्रपति रामचन्द्र पाैडेलबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।

चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको प्रहरीले जनाएकाे छ।

याे पनि

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरी स्रोतले बतायो ।

सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी जानकरी दिए ।

टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफी विरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।

२०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

याे पनि

जनमत र नागरिक उन्मुक्ति पार्टी एकता स्थगित

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ