- असार ०६, २०८०
काठमाडौं । सरकार गठन भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा प्रधामन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्लाल फेशबुकमा ‘१ वर्ष सरकारको’ शीर्षकमा उपलब्धि उल्लेख गरेका छन् ।
‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ ।’ प्रधानमन्त्री ओलीले लेखेका छन् ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ ।
नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
आर्थिक सूचकांका सकारात्मक देखिएको र विकासका कामले गति लिएको सत्य हो । तर, समाजिक सञ्जालमा जोडिएकाहरुले प्रधानमन्त्रीको कुरामा विश्वास नगरे जस्तो देखियो । धेरैले प्रधानमन्त्री ओलीलाई भ्रष्टचारीको संरक्षण गरेको आरोप लगाउदै ‘भ्रष्टलाई कार्वाही किन नगरेको भन्दै प्रश्न गरेका छन् ।’
पुराना काण्ड दबाउने नयाँ काण्ड गर्ने बाहेक अरु सिन्को भाँचेको देखिदैन भन्दै केशब भण्डारीले लेखेका छन् ‘प्रगति देखाउन लायक अस्तिको एसइईको रिजल्ट भन्नु भएको होला, त्यो नि कक्षा ८ का विद्यार्थीलाई सोध्न मिल्ने स्तरको प्रश्न पत्र सोधेर त्यतिको भएको हो ?’ एसइईमा उत्तिर्ण प्रतिशत बढेको भन्दै उत्साहित प्रधानमन्त्री ओलीलाई उनले उल्टै प्रश्न गरेका छन् । हरि खड्काले प्रश्न गर्दै भनेका छन् ‘भनाई र गराईमा सय प्रतिशत गलत प्रधानमन्त्री ज्यु’
बालकृष्ण केसीले नारायणघाट बुटवल सडकको हालत स्मरण गराउदै लेखेका छन् ‘विकास कति भयो भन्ने कुरा नवलपरासीको दाउन्नेको बाटो हेर्दा हुन्छ ।’ सरकारकै मन्त्रीहरु विभिन्न घुस काण्डमो जोडिएको सार्वजनिक भएको छ । सोही सन्दर्भ उल्लेख गर्दै डीआर न्यौपानले लेखेका छन् ‘अनि प्रम ज्यू यसबीचमा घटेका र घटाइएका काण्डहरूको पनि जानकारी दिने कि ? अडियो भिडियोसहित समाचारमा आएका काण्डहरूलाई ढाकछोप गर्ने अर्को महत्पूर्ण काम पनि भएको छ भन्ने उल्लेख गर्न भुलिएछ ?
केही व्यक्तिहरुले भने ‘वाह प्रधानमन्त्री ज्यु’ भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको प्रसंसा गर्नेहरुलाई समेत उछित्तो काढ्ने टिप्पणी गरेका छन् ।
टिप्पणीहरू: