- असार ०६, २०८०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ ।
गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।
यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।
निर्वाचनमा कांग्रेस पराजित भएपछि नैतिकताकाे आधारमा सभापति थापाले राजीनामा दिएकाे थापा निकट नेताहरुकाे भनाई छ ।
फागुन २१ मा भएकाे निर्वाचनमा कांग्रेस दाेस्राे भएकाे थियाे भने पूर्वसभापति शेरबहादुर देउवा चुनाव छेकाेमा सिंगापुर गएका थिए । उनी अहिलेसम्म फर्किएका छैनन् ।
टिप्पणीहरू: