शुक्रबार, १९ मंसिर २०८२

ईश्वर पाेखरेल र केपी ओलीबीच गुण्डुमा के भयाे कुराकानी ?


काठमाडौं । ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरेका वरिष्ठ नेता ईश्वर पोखरेल र अध्यक्ष केपी ओली शर्मा ओलीबीच भेट वार्ता भएकाे छ । 

ओली निवास गुण्डु पुगेका पोखरेलसहितकाे टाेलीले लगभग तीन घन्टा कुराकानी गरेकाे छ ।

आजकाे भेट कतिपय जिल्लामा देखिएकाे प्रतिनिधि छनाैट विवादकाे विषय रहेकाे स्राेतकाे भनाई छ ।

मुख्य त ओखलढु‌ंगामा ओलीपक्षिय प्रतिनिधि एक जना पनि नआएपछि ओलीकै निर्देशनमा पुन: प्रतिनिधि छनाैट गर्न पार्टीले निर्देशन दिएकाे छ । जवकी महासचिव शंकर पाेखरेलकाे जिल्ला दाङबाट केही प्रतिनिधी आएका छन् जसकाे याेग्यता नै पुग्दैन ।

संस्थापन यीनै विषयमा कुराकानी भएकाे एमाले स्राेतले जनाएकाे छ ।

 ओलीलाई भेट्न पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पुगेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ