मङ्गलबार, २३ मंसिर २०८२

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छाैँ, अत्तालिएर धम्क्याए पनि डराउँदैनौँ: प्रधानमन्त्री कार्की


काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्ताे बताएकी हुन्।

‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्’, उनले भनिन्।

भ्रष्टाचारविरुद्ध कदमबाट चाल्दा धम्की आए पनि नडराउने भन्दै प्रधानमन्त्री कार्कीले निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पदाधिकारी र राष्ट्र सेवकहरुलाई आग्रह गरिन्।

‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ’, उनले भनिन्, ‘सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु।’

प्रधानमन्त्रीले यो सरकार चुनावी मात्र नभई सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार भएकाे बताइन्।

साथै उनले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको उल्लेख गरिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ