- असार ०६, २०८०
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि नेपालले साथ दिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले भारतले पाकिस्तानी आतंकवादविरुद्ध गरेको युद्धले नेपाल जोखिमयुक्त स्थितिमा रहेकाे भन्दै यसलाई सामना गर्न सरकार तयार रहन आग्रह गरे ।
‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्धजस्ता कुराले अहिले झन जोखिमयुक्त स्थितिमा हामी छौँ भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी होस् भनेर अनुराेध गर्न चाहन्छु । साथै आतंकवादकाे विरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु ।’
टिप्पणीहरू: