शनिबार, २४ जेठ २०८२

माओवादी आतंकले हामीले ०६४ मा हार्‍याैँ, अब त्याे सपना देख्नुमा कुनै दम छैन: ओली


काठमाडाैँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)काे आतंकको कारण २०६४ सालमा आफूहरूले हारेको दाबी गरेका छन्।

एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन्।

प्रधानमन्त्री ओलीले माओवादीले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको बताए।

साथै उनले पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुट्न नेताकार्यकर्तालाई आग्रह गरे।

‘माओवादीको आतंकको छायाँमा हामीले २०६४ हारेको हो। अब न २०६४ साल आउँछ, न माओवादी आउँछ। यो मुलुकमा एमाले नै मजबुत पार्टी हो। एमालेहरुले आफ्नो यो पहिचान चिन्नुपर्यो। हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थ्य छ। त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ। पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुटौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ