बुधबार, ०९ पुस २०८२

केपी ओली र ईश्वर पाेखरेलले भाेट हालेपछि सुरु भयाे मतदान


काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली  ईश्वर पोखरेलले मत हालेपछि मतदान सुरु भएकाे हाे।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ