शनिबार, २४ जेठ २०८२

भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएकोबारे कांग्रेस बैठकमा छलफल हुने


काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको विषयमा आज बस्ने नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुने भएको छ। बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने तय भएको छ।

अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछि भिजिट भिसाको सेटिङमा गृहमन्त्री र उनको सचिवालयमा रहेकाहरूको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टीभित्रै र बाहिरबाट कुरा उठिरहेको छ।

कांग्रेस भित्रै यो घटनामा राजीनामा दिनु पर्ने र नपर्ने दुई थरी मत छ। कांग्रेस निकट डा. शेखर कोइरालाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने प्रतिक्रिया दिएका छन् भने देउवा निकट नेताहरु राजनीनामा दिन नहुने अडानमा छन्। त्यसो त सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि गृहमन्त्रीले राजीनामा दिन नपर्ने धारणा राखेका छन्।

बैठकमा क्रियाशील सदस्यता साथै नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने कार्यसूची छ। त्यस्तै बजेट एवं समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ