- असार ०६, २०८०
काठमाडाैं । पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेकाे केन्द्रिय कमिटी बैठकमा राष्ट्रपति, उपराष्ट्रपति भएकाहरुकाे पार्टी सदस्यता सँधैका लागि बन्द गर्नु पर्ने कुरा उठिरहेकाे बेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढि सकेको र पछाडि नहट्ने बताएकी छिन्।
मंगलबार आफ्नै निवास भंगालमा केही पत्रकारहरूसँग भेटघाट गर्दै उनले अब खुट्टा नकमाई अघि बढ्ने धारणा राखिन् ।
‘म अघि बढिसकेँ, खुट्टा कमाउँदिनँ।’ उनले आफूलाई समर्थन गर्नेहरूमाथि आतंक सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाइन्। ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ,’ भण्डारीको भनाइ छ।
उनले राष्ट्रपतिको पदमा रहँदा नै सक्रिय राजनीतिमा फर्कने इच्छा राखेको बताउदै भनिन्, ‘राष्ट्रपति हुँदा ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, उहाँलाई त्यो कुरा थाहा थियो। उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो।’
टिप्पणीहरू: