- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएकाे हो।
बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलो पटक सहभागी भएकी छन्।
हालै बसेको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।
स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा साङ्गठनिक गतिविधिका विषयमा छलफल हुने जनाइएको छ। बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि निर्णय गर्ने भएकाे छ ।
टिप्पणीहरू: