शुक्रबार, ०२ साउन २०८२

लिङदेनकाे आलाेचना गर्ने उपाध्यक्ष गिरी पदमुक्त


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उपाध्यक्ष गिरिसहित चार चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमति विपरित नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङदेनको चर्को आलोचना गरेका थिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ