शुक्रबार, ०५ वैशाख २०८२

विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई जारी गर्न अर्जुननरसिंह केसीकाे प्रस्ताव


काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणको शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । 

 केसीले सरकारलाई आह्वान गर्दै भने, "राष्ट्रिय श्रोत परिचालन गर्न तत्काल गम्भीर पहल गर्न आवश्यक छ । कानूनी प्रावधानअनुसार प्राधिकरणको शेयर जारी गरेर यसको सशक्तीकरण गर्न ढिला नगर्नुहोस् ।"

प्राधिकरणको सम्पत्ति अहिले सात खर्व रुपैयाँभन्दा बढी रहेको र विगत केही वर्षदेखि लगातार नाफामा रहेको प्राधिकरणको २० प्रतिशत शेयर जारी गर्दा एक खर्वभन्दा बढी रकम संकलन गर्ने सम्भावना रहेकाे उनकाे भनाई थियाे । यसरी संकलित रकमलाई जलविद्युत र प्रसारण लाइन परियोजनामा लगानी गर्दा नेपाललाई आन्तरिक स्रोत र साधनले ऊर्जा क्षेत्रमा तीव्र गति दिन मद्दत पुग्ने उनले बताए ।

केसीले प्राधिकरणको शेयर संरचनामा परिवर्तन ल्याएर सरकारको जोखिम र दायित्व कम हुने, साथै संचालक समितिमा शेयरधनिको प्रतिनिधित्व हुने भएपछि उत्तरदायित्व, पारदर्शिता, स्वायत्तता र सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ