शुक्रबार, २९ चैत २०८१

उत्तराधिकारी तयार पार्दै देउवा


काठमाडौँ । नेपाली कांग्रेसको भावी पार्टी सभापति को भन्ने जिज्ञासा बढिरहेको बेला सभापति शेरबहादुर देउवाले संस्थापन समुहबाट एक जना मात्रै हुने संकेत गरेका छन् ।

शुक्रबार बिहान आफूलाई सभापति जिताउन सहयोग गर्नेहरुसंग भेटघाट गरेका देउवाले १५ औं महाधिवेशनमा संस्थापन पक्षबाट एकजना मात्रै सभापतिको उम्मेदवार हुने संकेत गरे ।

१४ औं महाधिवेशनमा देउवाले सभापति हुँदा सभापतिका उम्मेदवार चार जना थिए । कांग्रेसको विधान अनुसार सभापति हुनका लागि ५१ प्रतिशत मत ल्याउनै पर्ने प्रावधान अनुसार दोस्रो चरणमा भएको निर्वाचनमा विमलेन्द्र निधी र प्रकाशमान सिंह देउवाको पक्षमा खुलेका थिए ।

आजको बैठकमा सभापति देउवाले यहाँ भएकामध्येबाट एकजना सभापति चयन गर्ने हो भन्दै तयारीका लागि निर्देशन समेत दिए । 

बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरू सहभागी थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ