- भदौ ०१, २०८१
काठमाडौं । अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । युद्वविरामकाे असरले सेयर बजारमा उत्साह देखिएको छ ।
युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ ।
वैश्विक मानक मानिने ब्रेन्ट क्रुड पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा झरेको छ ।
तेलको मूल्य घटेसँगै सेयर बजारमा भने उत्साह देखिएको छ । अमेरिकाका ३० ठूला कम्पनीहरूको प्रदर्शन मापन डाउ फ्युचर्स ९०० अंकभन्दा बढीले उकालो लागेको छ ।
एस एण्ड पी ५०० र नास्ड्याक फ्युचर्स क्रमश: २.१ र २.५ प्रतिशतले बढेका छन् ।
एशियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको सीएनएनले जनाएको छ । जापान, दक्षिण कोरिया र हङकङमा सेयर बजार उकालो लागेको समाचारमा उल्लेख छ ।
टिप्पणीहरू: