बिहिबार, २८ फागुन २०८२

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि, यस्ता छन् एजेण्डा


फाइल तस्बिर

काठमाडौँ। नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दैछ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने भएको हो।

उनका अनुसार बैठकमा आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुनेछ।

गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो।

एमालेका सचिव डा राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भोलिकै बैठकले नगर्ने बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ