आइतबार, १६ कात्तिक २०८२

संसद पुनर्स्थापनाका लागि दवाव दिन एमालेले मंसिर ६ गते काठमाडाैंमा प्रदर्शन गर्ने


काठमाडौं । नेकपा एमालेले ‘संविधानको रक्षा र लोकतन्त्रको जर्गेनाका  निम्ति’ जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट कार्यक्रम तालिका बनाइएको हो ।

मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय  गरेकाे छ । प्रतिनिधिसभा पुनर्स्थापनाका निम्ति दबाबस्वरूप यी कार्यक्रम गरिने उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।

यही कात्तिक २२ मा वडामा जनभेला र त्यसको तीन दिनपछि २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने निर्णय गरिएको एमाले  ज्ञवालीले जानकारी दिए ।

कात्तिक २९ गते जिल्लाहरूमा जनसभा गर्ने निर्णय गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ