सोमबार, २७ असोज २०८२

एमाले सचिवालय बैठक : संसद पुर्नस्थापनाका लागि आन्दोलन कि चुनाव ?


काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको डेरा गुण्डुमा केही बेरअघि देखि बैठक जारी छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।

एमालेमा संसद पुनस्थापना र निर्वाचनमा जाने भन्नेबारे विवाद छ । अध्यक्ष ओली संसद पुनस्थापनको एजेन्डा लिएर सडकमा जानुपर्ने पक्षमा छन् । हिजो सार्वजनिक रूपमै एमालेले संसद पुर्नस्थापनाको माग गर्दै सरकारविरुद्ध आन्दोलन सुरु गर्ने उद्घोष गरे ।

सचिवालयका बहुमत सदस्यले भने मुलुकलाई निकास दिनका लागि पनि चुनावमा सहभागी हुनुपर्ने धारणा राखेका छन् ।

पार्टी पुनर्गठनको लागि ओलीलाई नेतृत्वबाट बिदा गरेर वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेललाई कार्यवाहक तोकेर महाधिवेशनमा जानुपर्ने बहस पनि चलिरहेको छ । तर, ओलीले आफु कुनै पनि हालतमा नहट्ने अडान जारी राखेका छन् ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ