मङ्गलबार, १७ चैत २०८२

एमालेको सचिवालय बैठक जारी


काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। 

बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालय च्यासलमा सुरू भएको हो।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेकाे सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो। आजकाे बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने बताइएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ