- असार ०६, २०८०
काठमाडाैं । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएकाे गाेरखा-२ बाट नेकपा एमालेले चक्रे मिलनलाई उम्मेदवार सिफारिस गरेकाे छ ।
नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको हाे।
पछिल्लो समय जन्म दिनमा सार्वजनिक स्थानमा होहल्ला मच्चाएको, केक काट्ने नाममा बाटो नै अवरूद्ध गरेको भन्दै उनी पक्राउ परेका थिए।
एमालेले उनी २०५० सालदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएको बताएको छ। एमालेले अघिल्लो निर्वाचनमा अब्दुस मियालाई टिकट दिएको थियो।
टिप्पणीहरू: