बुधबार, १८ चैत २०८२

एमाले संसदीय दलको बैठक सुरू


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।

भोलिदेखि संसदको अधिवेशन सुरू हुँने भएकाे छ । एमालेले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको चुन्ने भएकाे छ।

स‌ंसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम चर्चामा छ । तर, एकथरी कार्यकर्ताले  सुहाङ नेम्वाङ संसदीय दलकाे नेता बनाउनु पर्ने भन्दै आवाज उठाएका छन् । नेतृत्व हस्तान्तरणमा कन्जुस मानिने एमाले नेतृत्वले सुहाङलाई नेता बनाउने सम्भावना कमै छ ।

एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सीट सहित २५ जना सांसद छन् । 

संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पाेखरेल लगायत पदाधिकारी सहभागी छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ