बुधबार, ०९ पुस २०८२

मधेशमा जसपाका यादव सभामुख निर्वाचित


जनकपुरधाम । नेकपा एमालेले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख गुमाएकाे  मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।

मधेश प्रदेशसभा बैठकमा आइतबार भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको छ । 

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।


यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकुल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ