- असार ०६, २०८०
काठमाडाैँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ।
बिहीबार जिल्ला कमिटी बैठकमा सम्बोधन गर्ने क्रममा ढलेका उनको निधन भएको हो।
उनलाई हृदयघात भएकाे र उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकाे बताइएकाे छ।
थापा पोखरा महानगरपालिकाका पूर्वमेयरसमेत हुन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कास्की २ बाट सिफारिस भएकाेमा पछि उनको नाम काटेर रश्मी आचार्यलाई टिकट दिइएको थियो।
टिप्पणीहरू: