आइतबार, ०२ कात्तिक २०८२

एमाले नेता महेश बस्नेतले साइबर ब्युराेमा दिए बयान


काठमाडाै‌ं ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग बुधबार प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। 

बयान दिन बस्नेत आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेका थिए।

उहाँसँग एक घन्टा जति प्रहरीले बयान लिएकाे थियाे ।

हालै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई चिठी लेखेकाे थियो। एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्न भनिएको छ। साथै बस्नेत फ्यान क्लब कसको नाममा छ भन्ने विषयमा पनि अनुसन्धान गरी राय पेस गर्न पत्रमा भनिएको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ