शुक्रबार, ०५ मंसिर २०८२

‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ भन्दै मधेसमा एमालेको धर्ना


Photo by: Sanjay Yadav

काठमाडाैँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न दिनुपर्ने मागसहित नेकपा एमाले धर्नामा उत्रिएकाे छ। 

मंगलबार मुख्यमन्त्रीका समर्थक तथा एमालेका नेता कार्यकर्ताहरू जनकपुरस्थित जनकचोकमा धर्नामा बसेका हुन्।

उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’लगायतको नारा लगाउँदै धर्ना थालेका हुन्।

यादव नेतृत्वको सरकार गठन असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए। यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ