मङ्गलबार, १७ चैत २०८२

ओली पक्राउकाे विराेधमा यस्ताे छ एमालेले तय गरेकाे आन्दाेलनका कार्यक्रम


काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आगामी चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ । त्यसपछि पालिका, वडा, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए ।

वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ ।

आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने निर्णय गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ