बिहिबार, ०८ माघ २०८२

एमाले महासचिव पोखरेलले गरे दाङ-२ बाट मनोनयन दर्ता


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् । 

क्षेत्र नम्वर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य सम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटि सचिव लक्ष्मण आचार्य छन् । 

मनोनयन दर्ता पश्चात् संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उमेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने उनको भनाई छ । 

२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित भएका थिए । २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । 

उनीसँग दाङ-२ मा काँग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ