- असार ०६, २०८०
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि भइरहेको मतदानकाे समय ३ घण्टा थपिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानकाे समय ३ घण्टा थप गरिएको हो।
यसअघि साँझ ५ बजेसम्म निर्धारण गरिएको मतदानकाे समय ८ बजेसम्म पुर्याइएको हो। ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने छ। उक्त समयभित्र प्रवेश गरेका प्रतिनिधिले मात्र भोट हाल्न पाउने छन्।
आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा हालसम्म ७५२ भन्दा बढी भोट खसेको छ।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि रहेका छन्। अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।
टिप्पणीहरू: