- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ । सचिवालयले देशभरिका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो । यसैबिच ओली झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।
एमाले सचिव महेश बस्नेतले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको बताए । नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ।
‘जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
टिकट वितरणमा सन्तुलन नमिलेकाे भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि सुरु भएकाे छ । ओलीविरुद्ध फरक मत राख्ने इश्वर पाेखरेल, गाेकुल बास्काेटा, याेगेश भट्टराई, सुरेन्द्र पाण्डे, कर्ण थापालगायतका व्यक्ति यसपाली उम्मेदवारकाे सूचीमा परेका छन् ।
टिप्पणीहरू: