बिहिबार, २८ फागुन २०८२

भृकुटीमण्डपमा एमालेकाे केन्द्रीय कमिटी बैठक, विधान संशोधन प्रस्तावमा छलफल


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बसेकाे छ।

पार्टीकाे ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक बसेकाे हाे।

बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य  रहेको पुष्टि भएको बताए।

बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे।

शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ