शनिबार, ०६ मंसिर २०८२

अहिले मुलुककाे समस्या समाधान एमालेले गर्न सक्दैन, कांग्रेसले गर्नु पर्छ : गगन थापा


काठमाडाैं ।  नेपाल कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अहिलेको समस्या समाधानका लागि कांग्रेस नै अग्रसर बन्नुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्दै थापाले एमालेले अहिलेको समस्या समाधान गर्न र मुलुकको नेतृत्व गर्नै नसक्ने दाबी गर्दै  कांग्रेस र एमालेबीचको चरित्र नै फरक भएको टिप्पणी गरे ।

एमालेको यस्तो चरित्र अनुसार उत्तेजना फैलाउन सक्ने तर, अहिलेको समस्या समाधान गर्न नसक्ने भनेर टिप्पणी गरे ।

‘हाम्रो चरित्र त्यो होइन। हामीले त अहिले राष्ट्रिय संवाद गर्नुपर्छ। बहुपक्षीय संवाद गर्नुपर्छ,’ थापाको भनाइ थियो, ‘सबै दलसँग, जेनजी  आन्दोलनमा लागेका मान्छेसँग संवाद गर्नुपर्छ। सरकारसँग गर्नुपर्छ। यो काम कांग्रेसले गर्नुपर्छ।’ 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ