शनिबार, १४ चैत २०८२

ओली पक्राउ परेपछि एमालेले बाेलायाे सचिवालय बैठक


काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् ।

ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ ।

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि विरोधको कार्यक्रमको विस्तृत जानकारी दिइने बताएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ