मङ्गलबार, ०९ असार २०८३

एमालेले बाेलायाे संसदीय दल र केन्द्रीय सचिवालय बैठक


काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ ।

बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

पाैडेलकाे पक्राउलाई एमालेले राजनीतिक प्रतिसाेधका रुपमा व्याख्या गरेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ