शनिबार, २४ जेठ २०८२

एमालेकाे आरोप- शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाइयाे


काठमाडौँ । सत्तापक्ष दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई प्रतिपक्षी दलले सरकार ढाल्ने अस्त्र बनाएको आरोप लगाएकाे छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद ठाकुर गैरेले पेशागत शिक्षक आन्दोलनजस्तो संवेदनशील विषयलाई सरकार ढाल्ने अस्त्र बनाएकाे आरोप लगाएका हुन् ।

‘एउटा यस्ताे सामुदायिक आन्दोलनलाई, पेसागत आन्दोलनलाई, शिक्षा क्षेत्रकाे जस्ताे संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो पार्ने अस्त्र बनाउने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न गर्ने यस्ताे चिजहरू बन्द हुनुपर्दछ’, उनले भने ।

सांसद गैरेले आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलकाे औचित्य हुने बताए ।

साथै उनले शिक्षक महासंघका नेताहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँगको बैठकपछि खुसी भएर फर्किए पनि बाहिर गएपछि समस्या जहाँको त्यहीँ हुने बताए ।

‘हामीले देखिरहेका छौँ। शिक्षक महासंघका नेताहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा अत्यन्त उत्साहित भएर, खुसी भएर बाहिर निस्केकाे समाचार हामीले पढिरहेका छाैँ । तर जब बाहिर आउनुहुन्छ, अनुहार फेरि अरअरो हुन्छ, नमिठो अनुहार हुन्छ’, सांसद गैरेले भने, ‘सत्तारुढ दलको नेता र मन्त्रीसहितको बैठकमा पनि शिक्षक साथीहरू खुसी भएर फर्किएको देखिन्छन्। जब बाहिर आउनुहुन्छ, समस्या जहाँको त्यहीँ हुन्छ।’


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ