सोमबार, ०८ पुस २०८१

उम्मेदवार पाउनै मुस्किल समाजवादी र रास्वपालाई


काठमाडौं, ४ मंसिर । आगामी १६ मंसिरमा हुन गइरहेको स्थानिय तहको उप निर्वाचनामा सत्तारुढ दल कांग्रेस एमालेदेखि स्वतन्त्र उम्मेदवार समेत उत्साहित भइरहँदा दुई दल भने ओतको खोजीमा छन् । एमालेसंग विद्रोह गरेर जन्मिएको एकिकृत समाजवादी र पुरानाले केही गरेनन् भन्दै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवै क्षेत्रमा उम्मेदवार समेत उठाउन हिम्मत गरेनन् । जहाँ उम्मेदवार उठाएका छन् त्यो पनि वाध्यताले जस्तै देखिएको छ ।

। 

निर्वाचन आयोगका अनुसार रिक्त ४४ पदमा हुने उपनिर्वाचनका लागि ४ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, रास्वपा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लगायतका दललाई उम्मेदवार पाउनै धौधौ परेको देखिएको छ ।

देशैभरी स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये रास्वपाले २७ स्थानमा र एकीकृत समाजवादीले २० स्थानमा मात्रै उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिलबहादुर विश्वकर्मा, सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा डोमी उराव, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, मधेस प्रदेशअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा सदरे आलम, गढीमाई नगरपालिका–८ को वडाध्यक्षमा बजरंगीप्रसाद यादव, धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा गोपाली साहलाई उम्मेदवार बनाइएको छ ।

यस्तै, एकीकृत समाजवादीले बाग्मती प्रदेशअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्का, नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्षमा मानबहादुर लामा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्षमा बलराम बल, काठमाडौंको काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा मीनबहादुर मानन्धर, कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा रीता खड्कालाई उम्मेदवार बनाएको छ ।

एकीकृत समाजवादीबाट कर्णाली प्रदेशअन्तर्गत दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जगत हमाल, दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा जगत शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा जमुना शाही, कुसे गाउँपालिका–७ को वडाध्यक्षमा वीरबहादुर सिंह, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सौभाग्य शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा धनबहादुर घर्ती, रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि हंशराज पुरीले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्षका लागि जवा शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि जीतेन्द्र चन्दलाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको छ ।

त्यस्तै, रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रमध्ये २७ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार रास्वपाले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान नगरपालिकाको अध्यक्षमा नवीनकुमार खवासलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्षमा सञ्जीव खड्का, सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा शशीकुमार साहु, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा विष्णुप्रसाद कोइराला, ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ को वडाध्यक्षका लागि देवीप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।

निर्वाचन हुन लागेको क्षेत्र मध्ये सबै भन्दा बढी चासो र चर्चा कीर्तिपुर नगरपालिकाको छ तर, रास्वपाले कीर्तिपुरमा उम्मेदवार उठाउने हिम्मत गरेन । पार्टी सभापति सहकारी ठगी अभियोगमा पक्राउ परेपछि सरकारबिरुद्ध आन्दोलनरत रास्वपा इलाममा भएको उपनिर्वाचन पनि हच्किएको छ । इलाममा रास्वपाका उम्मेदवारले जमानत समेत जोगाउन नसकेपछि अहिले रास्वपाको ध्यान जमानत सुरक्षित गर्नेमा मात्रै केन्द्रित छ । गठबन्धनको बलमा चुनाव लडदा पनि राष्ट्रिय पार्टी हुनका लागि आवश्यक मत पाउन नकसेको एकिकृत समाजवादीलका लागि पनि यो चुनाव काउसोको फल बनेको छ । केही स्थानमा माओवादी पार्टीसंग मिलेर उम्मेदवारी दिएको उक्त पार्टी पनि वाध्यताले सहभागी भएको बुझिन्छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ