शुक्रबार, २६ भदौ २०८३

एमाले कार्यदल बैठकमा दुईवटा छुट्टा छुट्टै डकुमेन्ट प्रस्तुत


काठमाडौँ । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ ।

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए । एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका थिए । छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेस गर्ने कुरा भयो ।

बैठकले आज प्रस्तुत भएका दुवै ‘डकुमेन्ट’को अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । सोही निर्णयसहित आजको बैठक सम्पन्न भएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ