आइतबार, २९ चैत २०८२

ट्रम्पले भने-कुरा नमिले पनि म चिन्तित छैन, युद्धमा अमेरिका अगाडी छ


 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी पनि गरे ।

इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।

शनिबार पाकिस्तानको इस्लामावादमा इरान-अमेरिका वार्ता भएको थियो तर कुनै सहमति हुन नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ