बिहिबार, ०८ माघ २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएका टाेपबहादुर रायमाझी उम्मेदवार सिफारिस


काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमालेका पुर्व सचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले पांचजनाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ