सोमबार, २९ वैशाख २०८२

आज राप्रपाले निषेधित क्षेत्र तोडेर सामुहिक गिरफ्तारी दिने


काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट सशक्त आन्दोलनमा गर्ने भएकाे छ  । आज निषेधित क्षेत्र तोडेर सामुहिक गिरफ्तारी दिने राप्रपाकाे रणनिती छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने पार्टीको नीति रहेको बताए । 

 प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् ।

यसक्रममा सुरक्षाकर्मीसँग धकेलाधकेल हुन सक्ने भए पनि ढुंगामुढा, तोडफोड र आगजनी गर्ने कुनै योजना नरहेको राप्रपा नेताहरुकाे भनाई रहेकाे छ । निषेधित क्षेत्र तोड्ने क्रममा भने केही प्रमुख नेताहरुले गिरफ्तारी दिन सक्नेछन् । ककसले गिरफ्तारी दिने भन्ने तय भएको छैन । अध्यक्ष लिङदेनले  पत्रकारहरुसँग कुरा गर्दै आफू थुनिन तयार रहेको बताएका थिए ।

अहिलेसम्मको तयारी अनुसार बिहान अध्यक्ष लिङदेनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुने छ । लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको स्रोतले बतायो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ