- असार ०६, २०८०
काठमाडौं। नेपालको अग्रणी एआई कम्पनी टिङटिङले आफ्नो नयाँ उत्पादन ‘टिङटिङ ओम्नी’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो एक ओम्नीच्यानल सञ्चार प्लेटफर्म हो, जसले व्हाट्सएप, फेसबुक, इन्स्टाग्राम, इमेल, टिकटक र वेब च्याट जस्ता विभिन्न माध्यमबाट आउने ग्राहक संवादलाई एउटै केन्द्रीकृत ड्यासबोर्डमा एकीकृत गर्दछ।
ओम्नी सार्वजनिक भएसँगै टिङटिङले आफ्नो ‘कम्युनिकेसन सुइट’ पूर्ण भएको जनाएको छ। यस सुइटले ग्राहकको पहिलो सम्पर्कदेखि अन्तिम समाधानसम्मको सम्पूर्ण प्रक्रिया एउटै प्रणालीमार्फत व्यवस्थापन गर्न सक्षम बनाउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार टिङटिङ ओम्नीले व्यवसायहरूलाई छरिएका डिजिटल माध्यमहरूबाट मुक्त गर्दै टेक्स्ट, कल, ब्रोडकास्ट, एआई एजेन्ट र कल सेन्टरजस्ता सबै पक्षहरूलाई एउटै एकीकृत वातावरणमा सञ्चालन गर्न सहयोग पुर्याउँछ। यसले विभिन्न च्यानलबीचको दूरी घटाउँदै कुनै पनि ग्राहकको जिज्ञासा नछुट्ने सुनिश्चित गर्ने र स्वचालित तथा मानव सहयोगबीच सहज समन्वय कायम गर्ने लक्ष्य राखिएको छ।
टिङटिङ ओम्नी विशेष गरी नेपाली संस्थाहरूको उच्च कार्यचापलाई ध्यानमा राखेर ‘कम्युनिकेसन-फर्स्ट’ अवधारणामा आधारित भएर निर्माण गरिएको कम्पनीले जनाएको छ। यसमा रहेको एआई रेस्पोन्स सिस्टमले संस्थाको ‘नलेज बेस’का आधारमा ग्राहकका जिज्ञासाहरूको स्वचालित जवाफ तयार पार्छ। साथै, ‘को-पाइलट’को रूपमा काम गर्दै कर्मचारीहरूलाई उपयुक्त जवाफ सुझाव दिने र कर्मचारीले जाँच तथा स्वीकृतिपछि मात्र पठाउने सुविधा पनि उपलब्ध छ।
ओम्नीमा ‘इन-बिल्ट’ टिकेटिङ सिस्टमसमेत समावेश गरिएको छ, जसले प्रत्येक संवादलाई ट्र्याक गर्न मिल्ने टिकेटमा रूपान्तरण गर्छ। यसले संस्थाभित्र जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्नुका साथै सेभ्ड रिप्लाइज, कन्भर्सेसन लेबल्स र आन्तरिक नोट्सजस्ता सुविधामार्फत छिटो र प्रभावकारी ग्राहक सेवा दिन सहयोग गर्ने बताइएको छ।
कम्पनीका प्रमुख उत्पादन अधिकृत (CPO) सुदीप दवाडीका अनुसार टिङटिङले केवल नयाँ उत्पादन सार्वजनिक नगरी आफ्नो दीर्घकालीन भिजनलाई पूर्णता दिएको हो। उनले टिङटिङ ओम्नी साना व्यवसायका लागि क्लाउड-आधारित समाधानदेखि बैंक तथा सरकारी निकायका लागि सुरक्षित ‘अन-प्रिमिस’ पूर्वाधारसम्म उपलब्ध गराउन सक्षम र ‘ब्याटल-टेस्टेड’ भइसकेको बताए।
टिङटिङ कम्युनिकेसन सुइट पूर्ण भएको अवसरमा कम्पनीले नयाँ साझेदारहरूका लागि विशेष अफरसमेत सार्वजनिक गरेको छ। निश्चित अवधिसम्म ओम्नी प्रयोग गर्ने संस्थाहरूलाई ‘अनबोर्डिङ सपोर्ट’ प्रदान गरिनेछ, जसले विभिन्न डिजिटल माध्यमहरूलाई सजिलै एउटै प्रणालीमा जोड्न सहयोग गर्नेछ।
ओम्नी सार्वजनिक भएसँगै कम्पनीले ग्राहक व्यवस्थापनमा नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ। अब व्यवसायहरूले केवल कल उठाउने वा म्यासेज पठाउने मात्र नभई, सबै प्लेटफर्ममा भएका ग्राहक संवादहरूको इतिहास सुरक्षित राख्दै उनीहरूलाई अझ प्रभावकारी रूपमा बुझ्न र व्यवस्थापन गर्न सक्नेछन्।
टिङटिङ नेपालमा विकसित एआई-आधारित बिजनेस कम्युनिकेसन सुइट हो। यसको ‘रिरी’ (Riri) इन्जिनमार्फत भ्वाइस, टेक्स्ट, सर्भे, एआई एजेन्ट, कल सेन्टर र ओम्नीच्यानल समाधानहरूलाई एउटै प्रणालीमा एकीकृत गरिन्छ। यसले संस्थाहरूलाई ग्राहकसँगको सम्पर्कदेखि समस्याको समाधानसम्मको सम्पूर्ण प्रक्रिया स्मार्ट तरिकाले व्यवस्थापन गर्न सहयोग पुर्याउँदै आएको छ।
टिप्पणीहरू: