- असार ०६, २०८०
काठमाडाैं । निर्यात व्यवसायी महासंघ नेपालका कार्यकारी निर्देशकमा रामसुदन तिमल्सिना नियुक्त भएका छन्। महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले उनलाई नियुक्तिपत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए। महासंघको छैठौं कार्यसमिति बैठकको निर्णयअनुसार उनलाई उक्त पदमा नियुक्त गरिएको हो।
देशको अर्थतन्त्र सुदृढ बनाउन निर्यात क्षेत्रको प्रमुख भूमिका रहने भएकाले यसको महत्वलाई आत्मसात् गर्दै प्रभावकारी रूपमा कार्य गर्ने अपेक्षा राखिएको अध्यक्ष घिमिरेले बताए। साथै उनले नवनियुक्त कार्यकारी निर्देशक तिमल्सिनालाई सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष (वस्तुगततर्फ) किरण कुमार डंगोल तथा महासचिव शिप्रसाद भट्टले पनि तिमल्सिनालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनियुक्त कार्यकारी निर्देशक तिमल्सिनाले महासंघको भिजन, मिसन तथा रणनीतिअनुसार अगाडि बढ्दै संस्थाको लक्ष्य प्राप्तिमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
टिप्पणीहरू: