- असार ०६, २०८०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुन दुई लाख ९६ हजारमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो । प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।
टिप्पणीहरू: