- असार ०६, २०८०
काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नरका रुपमा अघि सारिएका पात्रा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डा. रविन्द्र पाण्डेको गभर्नर यात्रामा ब्रेक लागेपछि नयाँ पात्रको खोजी सुरु भएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट क्षेत्री र पाण्डेको गभर्नर यात्रामा पूर्णबिराम लागेपछि राष्ट्रबंैककै डेपुटी गभर्नर डा. निलम ढुंगानालाई गभर्नर बनाउने प्रयास समेत भएको थियो । एमाले निकट मानिने ढुंगानाको विषयमा कांग्रेसले असहमति जनाएपछि डा. गुणाकर भट्टको नाम चर्चामा आयो । भट्टलाई गभर्नर बनाउने विषयमा देउवा सकारात्मक भएपनि ओली अझै नियुक्ति प्रकृयालाई लम्ब्याउने र सकेसम्म आफ्नै पार्टीका लागि देउवालाई फकाउने योजनामा छन् ।
डेपुटी गभर्नर बमबहादुर मिश्र वा प्रधानमन्त्रीका विकास सल्लाहकार डा. युवराज खतिवडाका छोरीज्वाईं डा. रामशरण खरेल पनि अहिले गभर्नरको लाइनमा छन् ।
गभर्नरमा कांग्रेसले आफ्नो अडान नछाडेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो वा त्यो कारण देखाएर आफ्नै नजिकका पात्रलाई गभर्नर बनाउने भित्री अभियानमा रहेको स्रोत दाबी छ ।
टिप्पणीहरू: