बिहिबार, ०८ माघ २०८२

यी हुन् नेकपाका राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)


काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेसँग कुरा नमिलेपछि नेकपाले एक्लै चुनावमा जाने निर्णय गरेर उम्मेदवार छानेकाे हाे।

जसअनुसार नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई छानेकाे छ। यसैगरी मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​ र समिकुमारी अग्रवालकाे नाम टुंगो लगाएको छ।

बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ। गण्डकीबाट थप एक जनाको नाम टुंग्याउन बाँकी छ।

यस्तै लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिकलाई छानेकाे छने कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतराकाे नाम टुंगो लगाएको छ।

त्यसैगरी नेकपाले सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई राष्ट्रियसभा उम्मेदवार बनाउने भएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ