- असार ०६, २०८०
काठमाडाैं । ललितपुरमा जारी एमालेकाे केन्द्रीय समित बैठकमा अधिकांस केन्द्रीय सदस्यले केपी शर्मा ओलीकै निरन्तरताकाे पक्षमा बाेलिरहेकाे बेला केहीले भने बुझ्ने भाषामा ओलीले पदत्याग गर्नु पर्ने धारणा राखेका छन् ।
आफ्नाे आलाेचना गर्नेहरुलाई कार्बाही गर्ने निर्देशन दिने ओलीका आदतबारे जानकार केही केन्द्रीय सदस्यले भने ओलीले तत्कालै पद त्याग गर्नु पर्ने सुझाब दिए ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी दोस्रो बैठकमा बाेलेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन्।
नेताहरू रविन कोइराला, रचना खड्का र रामलाल साहले अध्यक्ष छोडेर आराम गर्न सुझाब दिएका छन् ।
कोइरालाले ओलीलाई लिएर कार्यकर्ता माझ जान नसकिने भन्दै आराम गर्न सुझाव दिएका छन् ।
भने रामलाल साहले बिदा लिनुहोस् भन्ने सुझाव दिएका थिए।
केन्द्रीय सदस्य रचना खड्काले दुई कार्यकालको व्यवस्था फेरि कार्यान्वयनमा ल्याउन आग्रह गरेर ओलीले पद त्याग्नुपर्ने बताइन् ।
एमालेकाे जारी बैठकले आगामी मंसिर अन्तिम साता पाेखरामा महाधिवेशन प्रस्ताव गरेकाे छ ।
टिप्पणीहरू: